पोखरा- पोखरा महानगरपालिका–१४ बाच्छेबुढामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। सोही ठाउँ स्थित क्रसर उद्योगमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर पोखरा ३३ लामगादी बस्ने वर्ष ३३ का रमेश गर्बुजा ज्यान गएको हो।

करेन्ट लागेर घाईते भएका गर्बुजालाई उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा उपचारको क्रममा ज्यान गएको प्रहरीको जनाएको छ।

सो घटनाको बारेमा थप अनुसन्धान भइरहेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ।

मंसिर १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्