नेकपाको विरोधबीच कर्मचारी विधेयक पारित

जनकपुरधाम- प्रदेश २ मा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसदको विरोधकाबीच करार कर्मचारी भर्नासम्बन्धी विधेयक पारित भएको छ।

सोमबार बसेको प्रदेशसभा बैठकले सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्नासम्बन्धी विधेयक, २०७५ बहुमतले पारित गरेको हो। विधेयक पारित भएसँगै प्रदेश सरकारलाई करारमा कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ।

विधेयकप्रति नेकपाले विरोध जनाएको थियो भने कांग्रेसले मौन समर्थन गरेको थियो। यसअघि आइतबारको बैठकमा विधेयकको केही बुँदाप्रति नेकपाले विरोध गर्दै १० मिनेट सम्म उभेपछि सभामुख सरोज यादवले कार्यसूचीबाट हटाएका थिए।

कर्मचारी सिफारिस समितिको अध्यक्षमा मुख्यन्यायाधीवक्ता रहने बुँदाप्रति नेकपाले विरोध गर्दै आएको थियो।

मुख्यन्यायाधिवक्ता राजनीतिक पद रहेकाले उनलाई कर्मचारी सिफारिस समितिको अध्यक्ष बनाइएकाले नेकपाले विरोध गर्दै आएको थियो।

मंसिर १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्