घाम–कुहिरे बिहान

विकल्पहरुको उज्यालो ल्याउने बिहान

बिहान प्रिय यो अर्थमा हुन्छ कि यसले नयाँ सम्भावना र सपनाहरुसहित हिजोको भन्दा फरक यात्रा सुरु गर्ने विकल्पहरुको किरण लिएर आउँछ । समयको चक्रसँगै हरेक दिनको सुरुवात गर्ने बिहान होस् या जीवनका यात्राहरुमा नयाँ बाटो बनाउने बिहान, सबै उत्साहप्रद हुन्छन् ।

आशाहरुले भरिएका, उर्जाहरुले सजिएका अनि विकल्पहरुको सम्भावना ल्याउने बिहानहरुमा हरेकले बितेको भन्दा सकारात्मक अर्थमा फरक दिनको कामना गर्दै दैनिकी थाल्छन् ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठ यस्तै बिहान आफ्नो तस्बिर–कलामा समेट्न बिहानै ललितपुरको बस्ती खोकना पुग्दा कुहिरोलाई छिचोल्दै घाम परिपक्क हुँदै थियो ।

कोही खेतमा पराल बटुल्दै त कोही जाडोको बिहानमा कुहिरोसँग साक्षात्कार गर्दै हिँड्दै थिए । उनले ललितपुर खोकानाको एक बिहान केही तस्बिरमार्फत प्रस्तुत गरेका छन् ।

 

मंसिर ११, २०७५ मा प्रकाशित