आठ करोड,’समृद्धि’को मूल्य रे, पोलले बोल्यो !

आठ करोड
‘समृद्धि’को मूल्य रे !
पोलले बोल्यो।

साक्षी छ पोल
पुष्ट गाला र टोपी
नयाँ युगको।

टोल-टोलमा
फेरि तिहार मानौँ
र फोटा हेरौँ।

बिर्सनुभयो?
गजराज चप्पल,
आफ्नै शरीर ?

पत्रिका भरी
समृद्धिको बान्ता छ
हजुर सन्चै?!

मंसिर ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्