लेवानडोस्कीले च्याम्पियन्स लिगमा पूरा गरे गोलको अर्धशतक, बार्यन म्युनिक अन्तिम १६ मा

शानदार जित निकाल्दै जर्मन क्लब बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा बेन्फिकामाथि ५–१ को प्रभावशाली जित निकाल्दै समूह ई मा रहेको बार्यनले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

बार्यनका जितमा आर्जेन रोबिन र रोबर्ट लेवानडोस्कीले दुई–दुई गोल गरे । यस्तै रिबेरीले एक गोल गरे । बेन्फिकाका लागि कारवाल्हो फर्नान्डेसले एक गोल फर्काए ।

बार्यनका लागि रोबिनले १३ र ३० औँ तथा लेवानडोस्कीले ३६ र ५१ औँ मिनेटमा गोल गरेका हुन् । रिबेरीले ७६ औँ मिनेटमा गोल गरे । बेन्फिकाका फर्नान्डेसले ४६ औँ मिनेटमा एक गोल फर्काएका हुन् । यहि समूहको अर्को खेलमा अजाक्सले एइके एथेन्सलाई २–० ले हराएको छ ।

बार्यनका लेवानडोस्कीले च्याम्पियन्स लिगमा ५० गोलको आँकडा पूरा गरेका छन् । उनले ५१ गोल गरे । लेवानडोस्कीले ३६ औँ मिनेटमा गरेको ५० औँ गोल बन्यो ।

च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा रहेका क्रिष्टियानो रोनाल्डोको १२१ गोल छ ।

मेस्सीले १०५, राउलले ७१, करिम बेन्जिमाले ५९, रुड भान निस्तेल्रुयीले ५६ गोल गरेका छन् । लेवान्डोस्की सूचिको छैटौँ स्थानमा छ । उनले ५० गोल गरेका थिएरी हेनरीलाई पछि पारे ।

मंसिर १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्