कास्की-उहिलेको पोखरालाई अब तस्बिर र भिडियो मार्फत संग्रहालयमा हेर्न पाइने भएको छ। पोखराका पहिलो फोटो पत्रकारको जगन्नाथा उलकले खिचेको र संग्रह गरेर राखेका पुराना र ऐतिहासिक तस्बिरको संग्रहालय बुधबारदेखि औपचारिक रुपमा संचालनमा आएको छ।

जगन्नाथ उलक स्मृती कोषले उलकको ९५ औं जन्मजयन्तिको अवसरमा उहिलेको पोखरा संग्रालयको रुपमा सञ्चालनमा ल्याएको हो । पोखरामा महानगरपालिका भैरवटोलमा पुराना फोटो संग्रह ‘उहिलेको पोखरा’ ऐटिहासिक फोटोहरुका प्रर्दशनी कक्ष बुधबारमा महानगरका मेयर मान बहादुर जिसीले औपचारिक उद्घाटन गरेका हुन्।

मेयर जिसिले पर्यटकीय नगरी पोखरा मा ऐहिसासिक फोटोको संग्रहालय अर्को पर्यटकीय गन्तब्यको रुपमा विकास हुन सक्ने विश्वास ब्यक्त गरे । पोखरालाई माया गर्ने मनहरुको अग्रसरतामा स्थापित यस संग्रहालयलाई महानगरले छिट्टै उपयुक्त विकल्प खोजेर प्रर्दशनी कक्ष स्थापना गर्ने बताए।

विक्रम सम्बद २००२ साल देखीका यताको पोखरा र अन्य ठाउँका फोटो र भिडियोहरु र्हेन पाइन्छ । उहिलेको पोखराको ऐतिहासिक रुपलाई पोखरामा स्पष्ट देख्न सकिन्छ । पोखरा इतिहास, भुगोल, संस्कृति र सामाजिक विकास क्रमलाई बारेमा जानकारी दिन संग्रहालय निकै उपयोगि हुने विश्वास विविसीकाका अग्रज पत्रकार नारायण कार्किले बताए।

उनले भने ‘पोखराको तत्कानि अवस्था, सामाजिक परिवेश, सबै तस्बिरले देखाएको छ । हजार शब्दमा ब्यक्त गर्न नसकिने शक्ति तस्बिरमा हुन्छ । यी तस्बिरबाटनै प्रष्ट हुन्छ।’ उहिलेको पोखरा हेर्दा बाबाका हात समातेर विन्ध्यवासिनी र साँघुमुख वरिपरिको बजार डुलेको स्मरण गराएको प्रतिक्रिया दिए वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल बात्स्यानले। ‘तस्बिर हेर्दा ति बाल्यकालका यादहरु स्मृतिमा आए।

बुबाको सपनालाई साकार गर्दै उनको योगदानको कदर गर्न पुराना फोटोहरु संकलन गरेर संग्रालय सञ्चालनमा ल्याएको हो कोषका अध्यक्ष एवं जगन्नाथका छोरा सुनिल उलकले जानकारी दिए। ‘तत्कालिन समयमा यी तस्बिरहरु आफैमा ऐतिहासिक दस्तावेज हुन्।

यत्तिकै घरमा राख्दा यसको जतन गर्ने गाह्रो हुने भएकाले संग्रहालय बनाएर संचालनमा ल्याएका हौ। ’ उनले केही बाबुले खिचेको फोटो उहाँले संकलन गरेको र केहि विदेश फोटोग्राफरले खिचेरका तस्बिरको संकलन गरेर संग्रहालयमा राखेको जानकारी दिए।

उनले नेपालको ७३ वटा जिल्लाका पुराना तस्विरहरु राखीएको बताए । उनले केही बाबुले खिचेका फोटा र केही बिदेशी फोटोग्राफरले खिचेर उपलब्ध गराएका फोटाहरु राखिएको बताए। पुराना फोटोहरु नयाँ पुस्तालाई देखाउने उद्देश्यले संग्रालय सञ्चालनमा ल्याएको उनको भनाई छ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले संग्रहालयका लागि आफ्नै निबासका सटर सहित दुईवटा कोठा उपलब्ध गराएका निःशुल्क रुपमा उपलब्ध गराएपछि यसले औपचारिक संग्रहालयले रुपमा स्थापित भएको उलकले बताए।

यी ऐतिहासिक फोटोले तत्कालिन समयको पोखराको सामाजिक, आर्थिक, सांस्कृतिक अवस्थाको चित्रण गरेको छ। यसको संरक्षण निकै आवश्यक रहेकाले आफुले स्थान उपलब्ध गराएको आनन्दराज मुल्मीले बताए। यसलाई स्थानीय एवं प्रदेश सरकारले पनि विस्तारै सोच बनाउला तर हामीले संग्रहालयको रुपमा स्थापीत गर्यौ। यो एउटा शुरुवात हो।’

पोखराको चरणबद्ध विकासाहरु तस्बिरमा छन्।पोखरालाई माया गर्नेहरुकोलागि यो एउटा आर्कषक बन्न सक्छ भन्ने मलाइ लाग्छ। पोखराको विकासक्रमलाई अध्ययन गर्नेहरुको लागि पनि उपयुक्त हुन्। झण्डै २ सय बढी फोटोहरु संग्रहालयमा रहेको उनले जानकारी दिए। तस्विरका विभिन्‍न विधाहरु छुटटाएर राखिएको छ।

फोटा प्रदर्श नीको अवलोकनको लागि नेपालीले ५० रुपैंया, विदेशीले १ सय रुपैंया र विद्यार्थी तथा वृद्धवृद्धाले २५ रुपैंया टिकट दर तोकिएको छ । प्रदर्शनी कक्षमा सन् १९५८ मा जापानीज टोलीले खिचेको फोटो र पिसकोर भोलेन्टियरबाट सन् १९६२ देखि १९७५ सम्म खिचेका पुरानो पोखरा चिनाउने फोटोहरु राखिएका छन्।