फोटो फिचर

मध्यरातमा शहरभरि यसरी छाइन् निर्मला पन्त

प्रधानमन्त्री केपी शर्मा ओलीको जस्तै गरी बनाइएको पोस्टरमा न्यायको खोजीमा रहेकी बलात्कार पछि हत्या भएकी निर्मला पन्त । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – केपी शर्मा ओली नेतृत्वको सरकारले मंगलबार भव्यताकासाथ योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सुरुवात गरेको छ । ओली सरकारले यसलाई नयाँ युगको सुरुवातको रुपमा चित्रित गरेको छ ।

यसको घोषणाका लागि सरकारले जुनस्तरको प्रचारप्रसार गर्‍यो र जसरी गर्‍यो त्यसको भने आलोचना भइरहेको छ । घोषणाको दिन प्रकाशित भएका प्रायः सबै पत्रपत्रिकामा सामाजिक सुरक्षा योजनाको ‘ज्याकेट’ विज्ञापन छापियो ।

ठ्याक्कै त्यहि शैलीमा देखिएकी छन्, न्यायको खोजीमा रहेकी निर्मला पन्त । प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा योजनाको थालनीका लागि तयार पार्न लगाएको आफ्नो पोस्टर जस्तै निर्मलाको न्यायका लागि आवाज उठाइरहेको एक समूहले निर्मलाको पोस्टर बनायो ।

पोस्टरमा निर्मला शान्त देखिएकी छन् । उनको तस्बिरकै आडमा पहेँलो रंगको गोलाकार छ । र त्यसमा लेखिएको छ, ‘सरकार भेटियो, न्याय भेटिएन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको जस्तै गरी बनाइएको पोस्टरमा न्यायको खोजीमा रहेकी बलात्कार पछि हत्या भएकी निर्मला पन्त । तस्बिर : बर्षा शाह/देश सञ्चार

मंसिर १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू