४५ सेकेण्डसम्म चुप हुने गरी प्रपोज गर्दा के भनेका थिए निकले प्रियंकालाई?

जोधपुरको उम्मेद भवनमा आजदेखि प्रियंका चोपडा र निक जोनसको विवाह समारोह सुरु हुनेछ । २ डिसेम्बरमा उनीहरुको विवाह हुनेछ ।

विवाहअघि प्रियंका र निकले VOGUE पत्रिकालाई अन्तर्वाता दिएका छन् । जसमा उनीहरुले आफ्नो रिलेशनसँग जोडिएका थुप्रै कुराहरुको खुलासा गरेका छन् ।

प्रियंका-निकले भनेका छन् कि मेट गाला २०१७ देखि नै उनीहरुको कुराकानी सुरु भएको थियो ।

निकले खुलासा गरेका छन् कि जब उनी प्रियंकासँग तेस्रो पटक डेट गएका थिए र त्यहाँ नै उनले प्रियंकासँग विवाह गर्ने सोच बनाइसकेका थिए ।

उक्त पत्रिकामा दिइएको अन्तर्वाताका अनुसार दुवैजनाले आफ्नो लभस्टोरी कसरी सुरु भएको थियो भन्ने कुरा खोलेका छन् ।

प्रियंकाको बर्थडेको एक दिनपछि निकले उनलाई प्रपोज गरेका थिए । प्रियंकालाई यसबारेमा केही थाहा थिएन । मेट गाला २०१७ मा भएको भेटपछिको डेढ वर्षपछि निकले प्रियंकालाई प्रपोज गरेका थिए ।

प्रियंकाको बर्थडेको दिन सकिने समयसम्म निकले प्रतिक्षा गरेका थिए । भविष्यमा प्रपोजल र बर्थडे एक साथ आओस भन्ने उनले चाहेका थिएनन् । उनी एक सेलिब्रेशन दिनलाई कम गर्न चाहन्थेनन् ।

त्यसपछि निकले प्रियंकालाई भने, ‘के तिमी मलाई संसारको सबैभन्दा भाग्यमानी मानिस बनाउन चाहन्छौँ र मसँग विवाह गर्न चाहन्छौँ ?’

निकको प्रपोजल सुनेर अभिनेत्री प्रियंका ४५ सेकेण्डसम्म केही बोल्न सकिनन् ।

त्यसपछि निकले भने, ‘म तिम्रो औँलामा रिंग लगाउँछु के तिमीलाई यस कुरामा आपत्ति छ ?’ तेस्रो डेटपछि निकले आफ्नो आमालाई प्रियंकासँग विवाह गर्न चाहेको कुरा बताएका थिए ।

मंसिर १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्