घर नजिकैको चौरमा भेटियो १६ वर्षीय किशोरीको शव

धनगढी – कैलालीको टीकापुर नगरपालिकामा एक युवती मृत फेला परेकी छन् ।

नगरपालिकाको वडा नम्बर १ को ब्लक नम्बर १६ मा १६ वर्षीया किशोरी पुजा थापा शुक्रवार बिहान मृत फेला परेकी हुन् ।

ईलाका प्रहरी कार्यालय टीकापुरले थापा घर नजिकै मृत फेला परेको जनाएको छ । मृतकका परिवारका अनुसार पुजा बिहिबार बिहान ९ बजे घरबाट निस्केकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर वलीले घटनाको अनुसन्धान भइरहेको बताए ।
उनले मृतकको शव पोष्टमाटर्मका लागि टीकापुर अस्पतालमा लगिएको जानकारी दिए ।

उनले युवतीको हत्या वा आत्महत्याबारे पोष्टमाटर्म रिर्पाेटपछि थाहा हुने बताए ।

मंसिर १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्