चेक बाउन्स मुद्दामा राजपाल यादवलाई तीन महिना जेल

एजेन्सी-बलिउड कलाकार राजपाल यादवलाई दिल्लीको उच्च अदालतले चेक बाउन्स मुद्दामा तीन महिनाको जेल सजाय सुनाएको छ। यादव ट्रायल कोर्ट समक्ष एउटा सम्झौता रकम दिन तयार रहे पनि दिल्ली उच्च अदालतले उनीमाथि तीन महिनाको जेल सजायको फैसला सुनाएको भारतीय सञ्‍चार माध्‍यमहले जनाएका छन्।

उनले सन् २०१०मा व्‍यापारी सुरेन्दर सिंहसँग ५ करोडको ऋण लिएका थिए। उक्त रकम फिर्ता गर्दा यादवले एक्सिस बैंक मुम्बइको एउटा चेक सुरेन्दरलाई दिएका थिए। उक्त चेक सेप्टेम्बर २०१५मा बैंकमा जम्‍मा गर्न पुगेपछि बाउन्स देखाएको थियो। पछि ऋण दिने व्‍यक्तिले यादवमाथि अदालतमा मुद्दा दर्ता गराएका थिए।

अदालतमा यो वर्ष यादवसँग सम्झौता पनि गरिएको थियो की उसले १० करोड ४० लाख रकम फिर्ता दिनेछ। तर उक्त रकम राजपालले चुक्ता नगरेपछि अदालतले उनलाई जेल पठाएको हो।

राजपाल यादव तथा उनको पत्नी मिलेर उक्त रकम सन् २०१० मा हिन्दी फिल्म ‘अता पता लापता’ निर्माणमा खर्च गरेका थिए। त्‍यही वर्ष उनी दोस्रो छोरीको बुवा पनि बने।

राजपालको भर्खरै आउने फिल्‍म चण्डदीगढ अमृतसर चण्डीगढ’ आउँदैछ। उक्त फिल्म उक पञ्‍जाबी फिल्‍म हो। उक्त फिल्‍ममा उनी विशेष भूमिकामा देखिनेछन्। फिल्‍ममा राजपाल यादवसँगै गिप्पी ग्रेवाल तथा सरगुन मेहताको पनि मूख्य भूमिका रहेको छ।

मंसिर १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्