निर्मलाका हत्यारालाई प्रधानमन्त्रीले लुकाएको कांग्रेस नेतृको आरोप

धनगढी- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई सरकारले नै संरक्षण गरिरहेको आरोप लगाएकी छन् ।

जसका कारण देशमा दिनप्रति बलात्कारका घटना बढीरहेको उनले बताइन् ।

महेन्द्रनगरमा निर्मलाका लागि न्यायिक अभियान सञ्चालन गरेकी संग्रौलाले शनिवार बिहान धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले सत्ता जोगाउन निर्मलाका हत्यारा लुकाएको आरोप लगाइन् ।

उनले बलात्कारी र हत्याराहरुलाई संरक्षण गर्नेहरुले सरकारमा बसिरहने नैतिकता गुमाइसकेको बताइन् ।

मंसिर १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्