वनभोजबाट फर्केको बस सडकबाट खस्दा दुईको मृत्यु

दुर्घटनामा परेको बस।

सुर्खेत– सुर्खेतमा बनभोज खाएर फर्कँदै गरेको बस दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ।

भे १ ख ८५९ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। प्रहरी प्रमुख एसपी बसन्त रजौरेले दिएको जानकारी अनुसार सुर्खेतको लेकबेशी नगरपालिका–८ बाट बनभोज खाएर फर्किदै गर्दा बस दुर्घटना भएको हो।

दुर्घटनामा परी कुइनेपानीकी ४० वर्षीय जानकी दर्लामी र २४ वर्षीय देउकी पुलामीको मृत्यु भएको हो। ५० जना घाइते छन्। घाइतेहरुमध्ये ११ जनाको अवस्था गम्भीर छ । उनीहरु लेकबेशी–८ को जनजागृति युवा क्लवमार्फत बनभोज खान गएका थिए।

दुर्घटनाका घाइतेहरुको स्थानीय माया नर्सिङ्ग होम र कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ। बस सडक भन्दा ५० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुल्न नसकेको उनले बताएका छन्।

मंसिर १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्