ट्रम्प र किमबिच आउँदो वर्षको सुरुमा दोस्रो भेटवार्ता हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँग आउँदो वर्षको सुरुमा भेटवार्ता हुने गरी तयारी भइरहेको बताएका छन् ।
ट्रम्पले आउँदो वर्षको जनवरी वा फेब्रुअरीमा किमसँग भेटवार्ता हुने बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । वार्ताको स्थान भने अहिले नै तय भएको छैन, तर तीन स्थानबारे चर्चा भइरहेको उनले बताए ।
अहिले उत्तर कोरिया तथा नेता किमसँग आफ्नो सम्बन्ध निकै राम्रो रहेको ट्रम्पले बताएका छन् । यस्ते नेता किमलाई अमेरिका भ्रमणमा बोलाउने तयारी भएको पनि उनले बताएका छन् । ट्र
म्प र किमबिच गएको जुनमा सिंगापुरमा पहिलो र ऐतिहासिक भेट भएको थियो । त्यसपछि दुई पक्षबिच विभिन्न चरणमा वार्ता भइरहेका छन् र उच्चस्तरीय दोस्रो वार्ताको तयारी पनि जारी छ ।
जुनमा भएको भेटमा उत्तर कोरिया परमाणु निशस्त्रिकरणका लागि सहमत भएको थियो ।