मानवीयता बाँचेको सीमा

भोक मेट्न देश छोड्दै भेनेजुएलीहरु, विगतको गुन तिर्दै कोलम्बिया

पैसा भएर मात्रै हुँदैन त्यसको मूल्य पनि हुनु पर्छ, अनि मात्रै त्यसले केही विनियम अर्थात किन्न सक्छ । जब पैसाको मूल्य शून्य प्रायः हुन्छ त्यसको अर्थ सायदै रहला । अहिले यस्तै अवस्थाको सामना गरिरहेको छ भेनेजुएलाको मुद्राले ।

भनेजुएलामा आर्थिक संकटको अवस्था छ र देशको मुद्रा अति नै कमजोर बनेको छ । आफूसँग लाखौँ भए पनि त्यसले एक छाक पुग्ने खाना नआउने भए पनि धेरै भेनेजुएलीहरु देश छोड्न बाध्य छन् । राष्ट्रपति निकोलस मदुरोको शासन सत्तामा आर्थिक अवस्था दयनीय बनेको छ ।

यसले गर्दा नेभेजुएलाका नागरिकहरु जीविन चलाउनका लागि देश छोडिरहेका छन् । यसरी देश छोड्नेमा अधिकांश छिमेकी देश कोलम्बिया पुगेका छन् शरणार्थीका रुपमा । र कोलम्बियाले पनि हृदय खुला बनाएर स्वागत गरिरहेको छ, हजारौँ छिमेकी (भेनेजुएली) हरुलाई ।

भेनेजुएलामा अहिले मुद्रास्फीको दर उच्च छ भने पर्याप्त खाद्यान्नको छैन । भेनेजुएलाका हजारौँ नागरिक कुकुतामा रहेको सिमोन बोलिभार अन्तर्राष्ट्रिय पुल पार गरेर हरेक दिन कोलम्बिया पुग्ने गरेका छन् । कोलम्बियाले पुल तरेर आउने कसैलाई पनि फर्काएको छैन ।

सीमा, अन्तर्राष्ट्रिय सम्बन्धको ‘फ्रन्ट लाइन’ र सीमा क्षेत्रका बासिन्दा ‘फ्रन्ट लाइनर’ । अमेरिकी समाचार तथा विचार अनलाईन भक्सका पत्रकार जोन्नी ह्यारिस र क्रिष्टिना थोर्नालले भेनेजुएला र कोलम्बियाको सीमा क्षेत्रमा पुगेर तयार पारेको सामग्री पछिल्लो समय विश्वभर चर्चामा छ ।

भक्सको बोर्डर सिरिज अन्तर्गत तयार पारिएको सामग्रीमा आर्थिक संकटका कारण देश छोड्न बाध्य भेनेजुएली र छिमेकीहरुलाई बिना हिचकिचाहट स्वागत गरिरहेका कोलम्बियनहरुको कथा समेटिएको छ ।

उनीहरुले भोक मेट्ने ठाउँको खोजी गर्दै कोलम्बिया तर्फ हानिएकाहरुको मनोदशा र आशलाई समेटेका छन् । कहाँ पुग्दै छौँ वा गन्तव्य के हो भन्ने थाहा छैन, तर सीमा क्षेत्रमा झोला कसेर पुगेका भेनेजुएलीहरु आफ्नो देशबाट निश्कन चाहन्छन् । किनकी त्यहाँ खानका लागि केही बचेको छैन ।

यसरी आउनेहरुलाई कोलम्बियनहरुले स्वागत गरेका छन्, अहिले कोलम्बियामा १० लाखको हाराहारीमा भेनेजुएलीहरु छन् । उनीहरुलाई कोलम्बिया सरकारले पनि सहयोग गरिरहेको छ, र उ भन्छ–छिमेकीलाई अप्ठ्यारो पर्दा हामीले नगरे कसले गर्छ ? यसको एउटा कारण विगतसँग पनि जोडिएको छ ।

एक त विभाजनअघिसम्म कोलम्बिया र भेनेजुएला एउटै देश थिए । यस्तै आधुनिक विश्वमा सबैभन्दा लामो समय चलेको गृह युद्धको क्रममा धेरै कोलम्बियनहरुलाई भेनेजुएला र त्यहाँका नागरिकले साथ दिएका थिए र आश्रय दिएका थिए । अहिले कोलम्बियनहरु फार्क बिद्रोहका बेला लगाएको गुन भेनेजुएलीहरुलाई तिरिरहेका छन् ।

कोलम्बियासहितका देश पुग्ने भेनेजुएली मध्ये कतिको हातमा पैसाको नोटले बनेको झोला हुन्छ । केही नआउने र मूल्य हिन भएपछि कला प्रयोग गरेर पैसाको झोला बनाइएको हो ।

मंसिर १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्