भारतको सबैभन्दा तीव्र गतिमा दौडिने रेलको ट्रायल सफल

नयाँ दिल्ली – भारतको सबै तीव्र गतिमा चल्ने रेल १८ को पहिलो ट्रायल सफल भएको छ। प्रतिघण्टा १८० किलोमिटरको रफ्तारमा दौडिने रेलको ट्रायल सफल भएको हो।
कोटा र सवाई माधोपुरबीचको रेलमार्गमा परीक्षण गरिएको हो। भारतीय रेलसेवाले पहिलो पटक यो स्पीडमा रेल चलाएको हो।
चेन्नईमा इन्टिग्रल कोच फयाक्ट्री आइसिएफद्वारा एक सय करोड रुपैयाँका लागतमा ‘ट्रेन १८’ को निर्माण गरिएको हो।