फ्रान्समा आपतकाल लाग्न सक्छ, तर यसबारे अहिले नै छलफल नभएको दाबी

इन्धनको मूल्य बढेको विरोधमा सुरु भएको प्रदर्शनले हिंसात्मक तथा सरकार विरोधी रुप लिँदै गएपछि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सुरक्षा अधिकारीसँगको आपतकालीन बैठक गरेका छन् ।

हजारौँ सरकार विरोधी प्रदर्शनकारी र सुरक्षाकर्मीबिच तनावको अवस्था आएपछि राष्ट्रपति म्याक्रोनले सुरक्षा प्रमुखसँग बैठक गरेका हुन् ।

अवस्था नियन्त्रणमा लिनका लागि सबै विकल्प खुला रहेको मन्त्रीहरुले बताएका छन् । उनीहरुका अनुसार अवस्था काबुमा लिनका लागि देशमा आपतकालीन अवस्था लागु गर्ने विकल्प पनि खुला रहेको बताएका हुन् ।

तर यसबारेमा सुरक्षा अधिकारीसँगको बैठकमा छलफल भने नभएको ती मन्त्रीले बताएका छन् । खबरहरुमा भने आपतकाल लगाउने बारे कुराकानी भएको दाबी गरिएको थियो ।

इन्धनमाथि लाग्दै आएको कर बढेपछि दैनिक जीवन गुजाराका लागि समस्या भएको भन्दै आन्दोलन जारी छ । राष्ट्रपति इम्यानुएल म्याक्रोनले भने विश्वव्यापी तापमान बृद्धि विरुद्धको अभियान अन्तर्गत आफूले इन्धनका सम्बन्धमा पछिल्लो निर्णय लिएको बताउँदै आएका छन् ।

मंसिर १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्