निर्मलाको बलात्कार र श्रृंखलाको मिस वर्ल्ड सहभागिताबीच किन तुलना?

पहिलो कुरा त यो तुलना नै किन? बलात्कार सामान्यजस्तो भएको मुलुकमा हामी बस्छौँ। धिक्कार छ हामीलाई। निर्मलाले अझै न्याय पाएकी छैनन्। तर हामी किन निर्मला बलात्कार र सुन्दरी प्रतियोगितामा सामेल एक युवतीबीच तुलना गर्दैछौँ। बलात्कार संस्कृतिबारे ध्यानाकर्षण गर्न?

सवाल सुन्दरी प्रतियोगिताले एउटा महिलाको व्यक्तिगत प्रगतिमा सघाउ पुर्‍याउँछ कि पुर्‍याउँदैन, या त्यसले महिलाहरुका लागि राम्रो वातावरण निर्माण गर्छ कि गर्दैन भन्ने होइन। प्रश्न हो, महिलाहरुले सुन्दरी प्रतियोगिताजस्तो सानो समर्थन हासिल गर्दा किन हाम्रो टाउको दुख्छ?

त्यसको ताज मुलुकमा भित्रिए पनि नेपालमा यौन दुर्व्यवहारमा कमी आउने छैन। तर, त्यसले महिलाको निर्णयलाई आदर गर्न समाजलाई प्रेरित गर्नेछ, त्यो निर्णय सम्मति या सुन्दरी प्रतियोगितामा सहभागिताकै लागि किन नहोस्!

(फेसबुकबाट साभार)

 

मंसिर १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्