मेक्सिकोलाई हराउँदै जितिन् मल्टिमिडिया अवार्ड

श्रृंखला खतिवडा पुगिन् मिस वर्ल्ड २०१८ को फाइनलमा

काठमाडौं- मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ प्रतियोगिताको फाइनलमा छानिएकी छिन्। श्रृंखलाले मल्टिमिडिया फाइनालिस्टमा केन्या र मेक्सिकोलाई हराउँदै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन्।

मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत  उत्कृष्ट ५ मा परेका थिए। त्‍यसमध्‍ये फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याको नाम परेको थियो। तर त्‍यसमा पनि प्रतिस्पर्धा गर्नु पर्ने भयो।

अन्तत: श्रृंखला आधिकारिक रुपमा मिस वल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भइन्। यसअघि मिस सिंगापुर पेह विजेता बन्दै अन्तिम ३० का लागि छानिएकी थिइन् । तर शृङ्खलाका लागि अन्तिम ३० मा पर्ने बाटो भने सकिएको थिएन। उनी मल्टिमिडिया वा ब्यूटी विथ पर्पज बिधा जितेर अन्तिम ३० मा छानिनु पर्ने थियो।

मंसिर १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्