उपभोक्तालाई राहत

पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको छ।

नेपाल आयल निगमका बोर्ड निर्देशक अरबिन्द अग्रवालका अनुसार तत्काल लागू हुने गरी प्रतिलिटर २ रुपैयाँका दरले पेट्रोल र डिजेलको मूल्य घटाइएको हो।

समायोजन गरिएको नयाँ मूल्य अनुसार उपत्यकाभित्र पेट्रोल प्रतिलिटर एक सय १२ पर्ने अग्रवालले जनाएका छन्। उनका अनुसार डिजेल ९९ रुपैयाँ पर्ने छ।

बोर्ड निर्देशक अग्रवालले नयाँ मूल्य तत्कालै लागू हुने बताएका छन्। उनका अनुसार झापा, मोरङको विराटनगर, धनुषाको महेन्द्रनगर, वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढीमा पेट्रोल प्रतिलिटर १ सय १० रुपैयाँ ५० पैसामा पाइने छ। डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

पोखरा र दाङमा पेट्रोलको मूल्य १ सय ११ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ। डिजेल र मट्टितेलको मूल्य ९८ रुपैयाँ ५० पैसा तोकिएको अग्रवालले जनाएका छन्।

अग्रवालले हवाई इन्धन र एलपिजी ग्यासको मूल्य यथावत राखिएको बताएका छन्।

मंसिर १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्