काठमाडौं- काठमाडौंको होटेल हायातमा एशिया प्यासिफिक समिट २०१८ भव्‍यताका साथ सम्पन्‍न गरिएको छ। काठमाडौंको होटेल हायातमा तीन दिनसम्‍म आयोजना गरिएको उक्त कार्यक्रममा युनिफिकेशन चर्चकी प्रमुख हक जा हान मुनले सयौं जोडीहरुलाई आशीर्वाद दिएकी थिइन्।

उक्त नाचगान कार्यक्रममा नेपाली सांस्कृतिक प्रस्तुति समेत रहेको थियो जसमा नेवारी नाच देखाइएको थियो।

यसका साथै नयाँ जोडीहरुलाई होली वाइन अर्थात पवित्र रक्सी खुवाएर आशिर्वाद समेत दिइएको थियो।  सोही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशमा सुशासन र नेतृत्व सम्हालेको भन्‍दै एक लाख डलर बराबरको ‘गुड गभर्नेन्स अवार्ड’ प्रदान गरियो। साथै नगर/गाउँप्रमुखहरुलाई स्टेजमा बोलाएर आशिर्वाद समेत दिइएको थियो।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले यसका तस्बिरहरु खिचेका छन्।