काठमाडौं- सरकारले अब दुई महिनामा राजधानीमा मेलम्चीको पानी आउने दाबी गरे पनि आयोजनास्थलमा भइरहेको काम हेर्दा यो सम्भव देखिँदैन।

राजधानीबासीलाई १८ वर्षदेखि आश देखाइरहेको मेलम्ची खानेपानी आयोजनाले अहिलेसम्म ११ पटक भाका फेरिसकेको छ। अहिले राखेको भाका पनि फेरिनेमा शंका नभएको स्थानीय तथा स्वयं आयोजनाकै पदाधिकारीहरु बताउँछन्।

आयोजनास्थल सुन्दरीजल पुगेकी देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले जे देखिन्, त्यो हामीले यहाँ पस्केका छौँ-