मुद्दती र बचतमा जनता बैंकको १२% ब्याज दर

काठमाडौं- अहिलेको वित्तीय बजारलाई मध्येनजर गर्दै जनता बैंकले ग्राहकहरुको हित संरक्षण हुने गरी निक्षेपमा दिइने ब्याजदर समायोजन गरिएको छ।

यसको लागि मुद्दती निक्षेपमा ग्राहकहरुले अहिले सम्मकै सर्बाधिक ब्याज पाउने छन्।

मासिक ब्याज पाँउने गरी जनता मुद्दती निक्षेपमा वार्षिक १२% ब्याज दर कायम गरिएको छ।

यस मुद्दती योजनामा ग्रहकहरुले न्यूनतम रु. १ लाखमा ७५ दिन र सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सक्ने छन्।

यो योजना सिमित अबधिको लागि र ब्यक्तिगत निक्षेपमा लागू गरिएको छ।

साथै यस बैंकको सम्पूर्ण बचत खाताको ब्याजदर बार्षिक ७% कायम गरिएको छ।

उपरोक्त ब्याज दर यहि २०७५ मंशिर १९ गते देखि लागु हुने छ ।

मंसिर १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्