बिर्ताबजारमा एनआईसी एशिया बैंकको नयाँ शाखा

झापा- एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय बिर्तामोड नगरपालिका वडा नं ३, बिर्ताबजार स्थित बिर्ताबजारमा सञ्‍चालनमा आएको हो। शाखाको बिर्तामोड नगरपालिका मेयर धुर्व कुमार शिवाकोटीले उद्‌घाटन गरेका हुन।

कार्यक्रममा उनले बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा एनआइसी खुलेको बताए। मुलुकभर हाल बैंकको २६८ शाखा कार्यालयहरु, २८१ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ्ग इकाइ छ।

बैंकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७० अर्ब तथा कर्जा रू. १४४ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ। साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ।

मंसिर १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्