चार क्यामेरा सेटअप भएको स्याओमी रेडमी नोट सिक्स प्रो नेपाली बजारमा

काठमाडौं- अन्तर्राष्ट्रिय प्रविधिमा अग्रणी स्याओमीले पहिलोपटक नेपाली बजारमा क्वाड क्यामेरा सहितको रेडमी नोट सिक्स प्रो ल्याएकोछ।

सर्वाधिक लोकप्रिय रेडमी नोट फाइव एआई लाई अपग्रेड गरी रेडमी नोट सिक्स प्रो नेपाली बजारमा आएको हो।

यसमा १९:९ नट्च सहितको डिस्प्ले, डुअल सेल्फी क्यामेरा र थप सुधारिएको रियर क्यामेरा सेटअप छ।
स्याओमी नेपालका कन्ट्री जेनेरल मैनेजर श्री सौरभ कोठारीले भन्नुभयो,“रेडमी नोटले उपभोक्ताहरुको विश्वास जित्न सफल भैसकेको छ।

रेडमी नोट फाइव एआई शक्तिशाली डुअल क्यामेरा सहितको स्मार्ट फोन हो, जसले एमआई उपभोक्ताको विश्वास जितेको थियो र यसलाई उच्च प्रविधिसहित परिमार्जित गरी सिक्स प्रो ल्याएका हौं।”

रेडमी नोट सिक्स प्रो–क्वाड (चार लेन्स) क्यामेरा, नट्च डिजाइन

रेडमी नोट सिक्स प्रो, क्वालकोम स्न्यापड्रागनले आधुनिक तवरबाट डिजाइन गरेको हो।

जसमा ६३६ अक्टाकोर प्रोसेसर, एआई पावर्ड क्वाड क्यामेरा सेटअप सहित दुई दिनसम्म चल्ने ४ हजार एमएएच ब्याटरी प्रयोग गरिएकोछ।

यसमा उच्च गतिमा चल्ने एलपिडीडीआरफोरएक्स र्‍याम प्रयोग भएको यो फोन अत्यन्त शक्तिशाली छ।

अकल्पनीय सेल्फीको अनुभव दिने रेडमी नोट सिक्स प्रोको अगाडि २० मेगापिक्सेल + २ मेगापिक्सेल एआई क्यामेरा जडित छ । जसले तपाईंले सजिलै पोट्रेट तस्वीर लिन सकिन्छ।

१२ मेगापिक्सेल + ५ मेगापिक्सेल एआई डुअल रियर क्यामेराले कम प्रकाश भएको ठाउँमा समेत सफा तस्वीर लिन सुविधा दिन्छ । नयाँ र रिफाइन्ड एआई पोट्रेट मोड २.० ले खिचिएको तस्वीरमा डाइनामिक बोक्हे इफेक्ट सहित लाइट ट्रेल र स्टुडियो लाइटिङ्ग जस्तै इफेक्ट हाल्न सकिन्छ ।

रेडमी नोट सिक्स प्रोमा १९:९ एसपेक्ट रेसियो र नट्च सहितको ६.२६ इन्च एफएचडी-आईपीएस डिस्प्ले रहेकोछ भने यसलाई कर्निङ्ग गोरिल्ला ग्लासले सुरक्षा दिएकोछ।

५०० निट ब्राइटनेसले चर्को घाममा पनि सजिलै स्क्रिन हेरी आफ्नो फोन चलाउन सकिन्छ। रेडमी नोट सिक्स प्रोको उत्कृष्ट डिजाइनले यसलाई आकर्षक बनाउनुका साथै यसको हाडब्रिड डुअल सिमस्लटबाट मेमोरी बढाउने सुविधा समेत रहेकोछ। रेडमी नोट सिक्स प्रोको हरेक उपभोक्ताले सफ्ट फोन कभर पाउन सक्नेछन्।

रेडमी नोट सिक्स प्रो ३ जीबी + ३२ जीबी र ४जीबी + ६४जीबीमा उपलब्ध छ भने यसको मुल्य रु. २४,९९९÷र रु. २८,९९९÷– रहेकोछ । इच्छुक उपभोक्ताहरुले यही मंसिर १९ गतेदेखि लेक ब्ल्यु र ग्राफाइट ब्ल्याक गरी यो दुई कलरमा खरिद गर्न सक्नेछन्।

मंसिर १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्