महेन्द्रनगरमा दिउँसै टर्च बालेर न्याय खोजियो

धनगढी- बलात्कारपछि हत्या भएको लामो समय वित्दा पनि निर्मला पन्तका हत्यारा पत्ता नलागेको भन्दै अधिकारकर्मीहरुले दिउँसै टर्च बालेर प्रदर्शन गरेका छन्।

बुधवार दिउँसो अधिकारकर्मीहरुले टर्च बालेर साङकेतिक विरोध स्वरुप न्यायको खोजी गरेका हुन। निर्मलाको न्यायका लागि करिव एक महिनादेखि धर्ना जारी रहेको प्रशासन अगाढी प्रदर्शन गरिएको थियो।

केहीदिनदेखि चरणवद्ध आन्दोलन गर्दै आएका अधिकारकर्मीले दुई दिन कालोपट्टी बाधेर धर्ना दिएका थिए। उनीहरुले विहिवार महेन्द्रनगरमा विशाल मानव साङलो सहित प्रदर्शन गर्ने कार्यक्रम छ।

साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मलाको हत्या भएको चार महिना वितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन।

मंसिर १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्