नेपालगञ्जका दुई मेडिकलमा आगलागी

नेपालगञ्ज – नेपालगञ्जका दुई मेडिकलमा आगलागी भएको छ । नेपालगञ्ज मेडिकल कलेजको प्रवेशद्वार नजिकै रहेका माया र सफा मेडिकल हलमा बुधबार राति १० बजे आगो लागेको हो । दमकल र प्रहरीले आगो दुई घण्टापछि निभाएका थिए ।

बिजुली तार सर्ट भएर आगो लागेको आशंका गरिएको छ । आगलागीबाट झण्डै एक करोडको क्षति भएको छ । मेडिकल सञ्चालकले दिएको जानकारी अनुसार, सफा मेडिकलमा ४० लाख र माया मेडिकल हलमा ५० लाख बराबरको क्षति भएको छ ।

आगलागी हुँदा सटर बन्द थिए । बन्द सटरमा एक्कासी आगो लागेपछि छिमेकीले देखेर प्रहरीलाई खबर गरेका थिए । दमकल र प्रहरीले आगो निभाएका थिए ।

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्