फोटो फिचर

निर्मलाका निम्ति न्याय माग्दै आँखामा पट्टि बाँधेर शीतल निवास अघि प्रदर्शन

काठमाडौँ – बलात्कारपछि हत्या भएकी १३ वर्षकी बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै युवाको समूहले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गरेका छन् ।

उनीहरु शीतल निवास अगाडि धर्ना बसेका हुन् भने प्रदर्शन पनि गरेका छन् । प्रहरीले १२ जना भन्दा बढीलाई पक्राउ गरेको छ ।

पोल्याण्ड भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी फर्किने दिन पारेर निर्मलाको न्यायका लागि आन्दोलित समूहले शीतल निवास अघिको सडकमा आँखामा पट्टि बाँधेर सुतेर प्रदर्शन गरेका हुन् ।

उस्तै कोही सडकमा बसेका थिए । प्रहरीले उनीहरुलाई तितर वितर पारेको छ ।

 

 

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू