आर्मी बराबरीमा रोकियो, फ्रेन्ड्सले अंक खोस्यो तर अझै अपराजित

काठमाडौँ- शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत बिहीबार भएको खेलमा नेपाल आर्मी क्लब, फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्सले आर्मीसँग अंक खोसेको हो।

बराबरीका बाबजुत प्रतियोगितामा आर्मीले अपराजित यात्रा कायमै राखेको छ। आर्मीले ६ खेलबाट १४ अंक जोडेको छ। शीर्षस्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबले ६ खेलबाट १८ अंक जोडेको छ। संकटा क्लबको ६ खेलबाट १५ अंक छ। समान खेलपछि थ्रीस्टारको पनि १५ अंक छ।

प्रतियोगितामा आर्मीले चार जित र दुई बराबरीको नतिजा निकालेको छ। फ्रेन्ड्सले ६ खेलबाट पाँच अंक जोडेको छ। सुरुका तीन खेलमा पराजित भएको फ्रेन्ड्सले त्यसयता दुई बराबरी र एक जित निकालेको छ।

 

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्