चलचित्र ‘प्रसाद’को प्रिमियरमा को को आए ?

काठमाडौँ-निसन्तान दाम्पत्तिको कथा ‘प्रसाद’ को बिहिबार साँझ प्रेमियर भयो। विपिन कार्की, नम्रता श्रेष्ठ अनि निश्चल बस्नेतको मुख्य अभिनय भएको चलचित्र २१ गते शुक्रबारदेखि प्रदर्शनमा आउँदै छ। पत्रकार शुशील पौडेलको कथालाई निर्देशक दिनेश राउत निर्देशन गरेका हुन् भने चलचित्रलाई सुवास थापाले निर्माण गरेका हुन्।

प्रसादको प्रिमियर शो मा चलचित्र निमार्ण युनिटका सबैजसो कलाकार सहभागी थिए। कलाकार नम्रता श्रेष्ठ, निश्चल बस्नेत, लेखक शुशील पौडेल, निर्देशक दिनेश राउत, कलाकार दिपक राज गिरी, केदार घिमिरे (माग्ने बूढा), अभिनेत्री ऋचा शर्मा, रेनशा बान्तवा राई, बसुन्धरा भूषाल लगायतको उपस्थिति थियो।

नम्रता क्रिम कलरको गाउन पहिरिएकी नम्रता सुन्दर देखिइकी थिइन्। चलचित्रमा उच-निच जातबीचको प्रेम-विवाह सम्बन्धलाई छर्लङग रुपमा देखाइएको छ।

तस्बिरहरु:बर्षा शाह/देश सञ्‍चार

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्