एकता कपूरको ब्यागबाट ६० हजार हरायो

एजेन्सी-निर्माता एकता कपूरले जुहु प्रहरी चौकीमा शनिबार एउटा रिपोर्ट दर्ता गराएकी छन्।

रिपोर्टमा उनले आफ्नो हातमा बोक्ने व्यागबाट ६० हजार रुपैयाँ हराएको उल्लेख गरेकी छन्।

उनका अनुसार पर्समा एक लाख पचास हजार भारतीय रुपैयाँ थियो।

एकताका अनुसार उनले अघिल्लो साता हातेपर्समा पैसा राखेकी छन्। प्रहरीले पैसा कसले निकाल्यो भनेर खोजी गरिरहेको छ।

प्रहरीले अहिलेसम्म पाँच जनालाई सोधपुछ गरेको छ, जसमा एकताका ड्राइभर र घरमा काम गर्ने मानिसहरु पनि छन्। तर अहिलेसम्म पैसा कसले चोर्‍यो भन्‍ने पत्ता लागेको छैन।

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्