काठमाडौँमा माइक्रोबसको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु

दुर्घटनामा परेको एक माइक्रोबस। फाइल तस्बिर

काठमाडौँ – काठमाडौँका बिहीबार बिहान भएको सडक दुर्घटनामा तीन वर्षीया बालिकाको मृत्यु भएको छ।

काठमाडौँको गल्खोपाखाबाट गोंगबुतर्फ आउँदै गरेको बा१ज ८४५९ नम्बरको माइक्रोबसको ठक्करबाट घाइते भएकी बालिका जिया यादवको उपचारका क्रममा मृत्यु भएको हो।

झापा केचना गाउँपालिका–३ घर भई गोंगबु बस्दै आएकी बालिका जियालाई माइक्रोबसले ठक्कर दिँदा उनी घाइते भएकी थिइन्।

उनलाई उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्याइएको थियो। जियाको उपचारकै क्रममा साढे ११ बजे मृत्यु भएको हो।

माइक्रोबस र चालक बालाजुका ३४ वर्षीय सुजन महर्जनलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ।

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्