विवाहपञ्‍चमीको लागि नेपाली सेनाको तयारी तीव्र

फाइल तस्बिर।

जनकपुरधाम-मंसिर २६ गते हुन लागेको रामजानकी विवाहपञ्चमी महोत्सवको लागि नेपाली सेनाले तयारी तीव्र पारेको छ। विवाहपञ्‍चमी मनाउने तथा जनकपुर आउने श्रद्धालुहरुलाई सेवा सुविधा उपलब्ध गराउन नेपाली सेनाको टोली तीव्रताका साथ तयारीमा जुटेको हो।

यस्तै गत तीन दिनदेखि नेपाली सेनाका १ सय ७० जनाको टोलीले जनकपुरको एतिहासिक बाह्र विगहा मैदान सरसफाई गर्दै आएको छ।

महोत्सवलाई लक्षित गरी ऐतिहासिक बाह्र विगघा रङ्गभूमि मैदानमा नेपाली सेनाले स्वास्थ्य शिविर, बसेर चिया खाने टहरा र भक्तजनको रात्री बास स्थानको लागि टहरा बनाउन लागिएको मेजर सज्जन धोव्जले बताए।

यस वर्ष पनि नेपाली सेनाको हेलिकोप्टरले विवापञ्चमीको दिन रामजानकी मन्दिरमा पुष्पगुच्छा वृष्टि गर्ने साथै जन्तीसँगै सेनाको टोली घुम्ने योजना रहेको मेजर ध्वजले जनाएका छन् । नेपाली सेना आफ्नै लगानीमा श्रद्धालुभक्तजनको तयारी गर्न लागेको उनको भनाई छ।

यसवर्ष विवाहपञ्चमी महोत्सवमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत आउने भएकाले धुमधामसँग विवाहपञ्‍चमी मनाउने तयारी छ।

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्