एक सय ८० मिनेटको खेल, गोल शून्य

काठमाडौँ- शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत बिहीबार दुई खेल भए तर दुवै खेल गोलरहित बराबरीमा सकियो। पहिलो खेलमा नेपाल आर्मीले फ्रेन्ड्स तथा दोस्रो खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइजसँग खेलेका थिए।

प्रतियोगितामा आर्मी अपराजित छ। उसले ६ खेलबाट १४ अंक जोडेको छ। उसले चार जित र दुई बराबरी खेलेको हो। ६ खेलबाट १८ अंक जोडेको मनाङ मर्स्याङ्दी शीर्षस्थानमा छ। प्रतियोगितामा आर्मी र मनाङ मात्र अपराजित छन्।

६ खेलबाट पाँच जित र एक हारको नतिजासहित संकटा र थ्रीस्टारको १५/१५ अंक छ। ६ खेलबाट फ्रेन्ड्सको पाँच अंक छ। समान खेलपछि ब्रिग्रेड ब्वाइजको चार र मछिन्द्रको तीन अंक छ। मछिन्द्रले प्रतियोगितामा एक जित पनि हात पार्न सकेको छैन।

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्