न्यायका पक्षमा दिल्लीस्थित राजनीतिक दल

आठ नेपालीसहित ९ युवती खोज्न माग गर्दै दिल्लीमा चर्कियो विरोध प्रदर्शन

आठ नेपालीसहित ९ जना युवतीको खोजीका लागि दवाव दिन आयोजित धर्ना र प्रदर्शन। तस्बिरः इन्द्रकमल जैरु/देश सञ्चार

नयाँ दिल्ली – भारतको राजधानी दिल्लीस्थित दिलशाद गार्डेनमा सञ्चालित संस्कार आश्रमबाट बेपत्ता भएका नेपालका ८ महिलासहित ९ जनाको बारेमा अहिलेसम्म कुनै किसिमको जानकारी सार्वजनिक भएको छैन।

घटनापछि दिल्ली पुलिसले मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया तीव्र पारेको छ। पुलिसले मुद्दालाई गम्भीरतापूर्वक लिएको जनाउँदै आश्रमका कर्मचारीहरुसँग सोधपुछ गरिरहेको छ। साथै सिसिटिभी भिडियोको पनि जाँच गरेको छ।

घटनाका बारेमा तीव्र अनुसन्धान चलिरहेको र अहिलेसम्म कुनै सुराक हात नलागेको डिसिपी मेघना यादवले देश सञ्चारलाई बताइन्। ‘सम्भावित सबै स्थानमा खोज तलाशी गरिरहेका छौँ, तर अहिलेसम्म उनीहरुको बारेमा थाहा भएको छै,’ उनले थपिन्।

बिहार राज्यकी एउटी र नेपालका ८ महिलाहरु गत १ डिसेम्बरको रातबाट दिल्लीको दिलशाद गार्डेनस्थित संस्कार आश्रमबाट बेपत्ता भएका हुन्।

बेपत्ता भएका नेपाली किशोरीहरुमा १८ देखि २२ वर्षसम्मका रहेका छन्। उनीहरु ३ जना नुवाकोटकी, २ जना काभ्रेका, तेह्रथुम, मकवानपुर र सिन्धुपाल्चोकका १–१ जना रहेका छन्।

९ युवती बेपत्ता भएपछि सुरु भयो राजनीति…

नयाँ दिल्लीस्थित नेपाली राजदूताबासको लापरबाहीले बेपत्ता भएका ८ जना नेपाली र एउटी बिहारकी युवती घटनापछि दिल्लीको राजनीति पनि चर्किएको छ। भाजपाले संस्कार आश्रमको लापरबाहीको विरोध गर्दै दिल्ली सरकारमाथि आरोप थोपरेको छ।

भाजपाको नवीन शाहदरा जिल्ला समितिले घटनामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जवाफ दिनुपर्ने माग गर्दै आश्रम बाहिर प्रदर्शन गरेको छ।

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्