कलाकारको राजनीतिक मोह!

माधुरी दीक्षित कुन पार्टीबाट चुनावमा उठ्दैछिन्?

माधुरी दीक्षित।

मुम्बई – बलिउड अभिनेत्री माधुरी दीक्षित महाराष्ट्रको पुणे संसदीय सीटबाट राजनीतिमा आउने सम्भावना देखिएको छ।

सन् २०१९ को लोकसभा चुनावका लागि भारतीय जनता पार्टीले माधुरी दीक्षितलाई पुणे संसदीय सिटबाट उठाउने विषयमा आन्तरिक छलफल थालेको हो।

सन् २०१४ को निर्वाचनमा पुणे सिटबाट अनिल शिरोले विजयी हासिल गरेका थिए। माधुरीका विषयमा भाजपाभित्र गम्भीर बहस भइरहेको छ।

साथै भाजपाले माधुरीको चुनावी रुझानको विषयमा सर्वेक्षण पनि गराएको थियो। साथै आन्तरिक सर्वेक्षणको नतिजा पनि उनको पक्षमा देखिएको स्रोतहरुको दावी छ।

भाजपा अध्यक्ष अमीत शाहले पनि माधुरी दीक्षितको घरमै पुगेर चुनाव लड्ने विषयमा छलफल गरेको भारतीय मिडियाहरुले जनाएका छन्।

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्