चिसो बढेसँगै उच्चपहाडी र हिलामी भेगका बासी बेसी झर्दै

काठमाडौं- बढ्दो चिसो मौसम र जाडोसँगै पाँचथर जिल्लाका उच्चपहाडी तथा हिमाली भेगमा जनजीवन कष्टकर बन्‍दै गएको छ।

यसक्रममा पाँचथरको विखेपानी, चाररात, फालौट, चिवाभञ्ज्याङ लगायतका स्थानमा बसोबास गर्दै सर्वसाधारणहरु बेसी झर्न थालेकाछन्। चिसो मौषमसंगै उनीहरु आफुसंग रहेको चौरी तथा घरपालुवा जनावरसहित बसाई सरेका हुन्।

यस क्रममा पाँचथरसँगै इलामको सन्दकपुर, कालपोखरी, ताप्लेजुङको कालीखोला, तिम्बू पोखरीमा बसोबास गर्दै आएका सर्वसाधारण पनि बेसी बसाइ सर्न थालेकाछन्। यस वर्ष विगतको तुलनामा चाडै चिसो बढेकाले चौंरी, कुकुर र खानेकुरासहित सर्वसाधारण बेसी झर्न थालेका हुन।

यस भेगका चौरीपालक अत्यधिक चिसो हुन थालेपछि चौंरीहरू आफैं न्यानो स्थान खोज्दै मंसिरमा उधो झर्ने र फागुन लागेपछि पुनः थातथलो फर्कने गरेको बताउछन्।

जाडो बढेसँगै ताप्लेजुङ र पाँचथरका एक सयभन्दा धेरै गोठ न्यानो स्थानतर्फ सार्ने क्रम शुरु भएको चौरीपालक कृषक चन्द्रलाल नेपालले जानकारी दिए।
उनका अनुसार चिसो प्रभावित क्षेत्रमा ५० भन्दा धेरै चौंरी गोठ छन्। त्यस्तै इलामको सन्दकपुर र कालपोखरी खर्कमा रहेका गोठ पनि बेसी झारिएको चौरीपालक नेपालले बताए।

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्