किन क्याम्पसको तेस्रो तलाबाटै हामफालिन् यी छात्राले?

धनगढी – धनगढीको सुदूरपश्चिमाञ्चल एकाडेमीको छतबाट हाम फाल्दा एक छात्रा घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर–२ सन्तोषी टोलमा रहेको सुदूरपश्चिमाञ्चल एकाडेमीको तेस्रो तलाबाट हाम फाल्दा सोही विद्यालयमा ११ कक्षामा अध्ययनरत पूजा चौधरी घाइते भएकी हुन्।

क्याम्पस चलिरहेका बेला बिहीबार दिउँसो चौधरीले छतबाट हाम फालेको कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरीबहादुर ओलीले जानकारी दिए।

पूजाको सेती अञ्चल अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज रेफर गरिएको छ। पूजाका दुवै खुट्टामा चोट लागेको छ। उनले छतबाट हाम फाल्नुको कारण खुल्न सकेको छैन। प्रहरी अनुसन्धानमा जुटेको छ।

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्