राप्रपा (प्रजातान्त्रिक)को अगुवा कार्यकर्ता भेला

‘केपी ओलीले धर्मयुद्धको आमन्त्रण गरे’

झापा – राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले प्रधानमन्त्री केपी ओलीले धर्मयुद्धको आमन्त्रण गरेको आरोप लगाएका छन्।

बिहीबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राणाले इसाई धर्मको प्रचार गरेर ओलीले हिन्दूहरुलाई युद्धका लागि आमन्त्रण गरेका हुन्। ‘यो धर्मयुद्धको संकेत हो,’ राणाले भने, ‘हिन्दूआस्थामा ठेस नपुगोस्, ओलीलाई चेतावनी छ।’

रााणाले १० महिनामा सरकार शान्ति सुरक्षा कायम गर्न नसकेको र केही उल्लेखनीय काम गर्न नसकेको आरोप लगाएका छन्।

पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश मिश्रको सभापतित्व रहेको कार्यक्रममा नेता सुनिलबहादुर थापा संस्कार र धर्म जोगाउन जुट्न पर्ने बेला आएको बताएका छन्।

भेलाले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाही गर्न, धर्मको रक्षा गर्न तथा शान्तिसुरक्षाका लागि दबाब दिने निर्णय गरेको राप्रपा (प्रजातान्त्रिक) का जिल्ला सचिव निरबहादुर कार्की (नेत्र)ले जनाएका छन्।

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्