श्रृंखला खतिवडासहित प्रतिष्पर्धीलाई भोट दिन मिस वर्ल्डको भोटिङ खुल्ला

काठमाडौं- मिस वर्ल्ड २०१८ को फाइनलमा पुगेका प्रतियोगीहरुको भोट बिहीबारदेखि खुलेको छ। मिस वर्ल्डको आधिकारिक फेसबुक पेजले सूचना जारी गर्दै उक्त जानकारी गराएको हो। उक्त जानकारी अनुसार मिस वर्ल्डको प्रत्‍यक्ष प्रसारण शनिबार साँझसम्‍म भोट खुल्ला रहनेछ।

मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ प्रतियोगिताको फाइनलमा छानिएकी छिन्। श्रृंखलाले मल्टिमिडिया फाइनालिस्टमा केन्या र मेक्सिकोलाई हराउँदै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन्। त्यस्तै, उनले ब्युटी विथ पर्पोज विधामा पनि उपाधि कब्जा गरेकी हुन्।

यसअघि मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ प्रतियोगिताको एउटा विधामा टप २० मा छानिएर थिइन्। शुक्रबार आयोजित ‘हेड टु हेड च्यालेञ्ज’ मा उनी प्रश्‍नको सही उत्तर दिँदै टप २० मा छानिएकी हुन्।

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्