आजका मुख्‍य खबरहरु: निर्मला हत्याकाण्डमा महत्वपूर्ण ‘क्लु’, मन्त्रीनिवास अब भैँसेपाटी सर्ने

चार महिनाअघि कन्चनपुरको भीमदत्त नगरपालिकामा १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान गर्न त्यहाँ खटिएको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीको टोली काठमाडौँ फर्किएको छ। महत्वपूर्ण ‘क्लु’ र शंकास्पदसहित टोली काठमाडौँ फर्किएको हो।

सरकारले ललितपुरको पुल्चोकस्थित मन्त्रीनिवासलाई भैंसेपाटीमा सार्ने भएको छ। विशिष्ट पाहुनाका लागि मन्त्रीनिवासका भवनहरु प्रयोगमा ल्याउनु पर्ने भन्दै मन्त्रीहरुको निवास भैँसेपाटीमा व्यवस्था गर्ने निर्णयमा सरकार पुगेको हो। विवादित एशिया प्यासिफिक समिटमा सरकारको सहभागितालाई लिएर व्यापक आलोचना भइरहेका बेला सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री गोकुल बाँस्कोटा सरकारको बचाउ गर्दै विहीबारको मन्त्रीपरिषद् बैठकमा सञ्चारमाध्यमप्रति आक्रोशित बने

बलात्कारपछि हत्या भएकी १३ वर्षकी बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै युवाको समूहले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गरिएको छ। प्रहरीले १२ जना भन्दा बढीलाई पक्राउ गरेको छ। पोल्याण्ड भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी फर्किने दिन पारेर निर्मलाको न्यायका लागि आन्दोलित समूहले शीतल निवास अघिको सडकमा आँखामा पट्टि बाँधेर सुतेर प्रदर्शन गरेका थिए।

काठमाडौँका बिहीबार बिहान भएको सडक दुर्घटनामा तीन वर्षीया बालिकाको मृत्यु भएको छ।काठमाडौँको गल्खोपाखाबाट गोंगबुतर्फ आउँदै गरेको बा१ज ८४५९ नम्बरको माइक्रोबसको ठक्करबाट घाइते भएकी बालिका जिया यादवको उपचारका क्रममा मृत्यु भएको हो।

सरकारले विद्यालय तहको शिक्षामा चिनियाँ भाषा समावेश गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय तहको शिक्षामा चिनियाँ भाषा पनि पठनपाठन गराउने निर्णय गरिएको जानकारी दिए।

विवादित एशिया प्यासिफिक समिटमा सरकारको सहभागिता र सम्मानको आलोचना चुलिएका बेला समिट समाप्त भएपछि सम्भवतः पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको प्रतिकार गर्दै आलोचना गर्नेहरुलाई चुनौती र चेतावनी दुवै दिए।

नेपाल निर्माण ब्यवशायी महासंघका तत्कालिन अध्यक्ष शरद कुमार गौचन हत्या प्रकरणमा समातिएकी गुन्डा नाइके समिरमान बस्नेतकी श्रीमान माया शेरचन पाँच लाख धरौटी बुझाएर छुटेकी छिन्। काठमाडौँ जिल्ला अदालतले थुनछेक बहसपछि मायासँग पाँच लाख रुपैयाँ धरौटी मागेको हो।

प्रधानमन्त्री रोजगार कार्यक्रम अगाडि बढाउन बाटो खुलेको छ। यही साता बसेको मन्त्री परिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रमको नियमावली पारित गरेको हो। सबै स्थानीय तहमा सेवा केन्द्र खोल्न र संयोजक नियुक्तिका लागि अघिल्लो बैठकले नै स्विकृत गरिसकेको छु।

भारतको राजधानी दिल्लीस्थित दिलशाद गार्डेनमा सञ्चालित संस्कार आश्रमबाट बेपत्ता भएका नेपालका ८ महिलासहित ९ जनाको बारेमा अहिलेसम्म कुनै किसिमको जानकारी सार्वजनिक भएको छैन। घटनापछि दिल्ली पुलिसले मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया तीव्र पारेको छ।

विवाहपञ्‍चमी आउन करीब एक साता बाँकी रहँदा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमण सुनिश्‍चत भएको छ। मुख्यमन्त्री योगी भेट्न लखनउँ पुगेका जनकपुरका सञ्‍चारकर्मीहरुसँग कुरा गर्दै मुख्‍यमन्त्री योगीले जनकपुरधाम भ्रमण सुनिश्‍चित भइसकेको जानकारी दिए।

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्