चार वर्षभित्रमा महत्वपूर्ण सडक बनाइसक्छौँ :मन्त्री महासेठ

चार वर्षभित्रमा महत्वपूर्ण सडक बनाइसक्छौँ :मन्त्री महासेठ

काठमाडौं– सरकारले देशका महत्वपुर्ण सडक चार वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखेर काम गरेको जनाएको छ। सार्वजनिक सरोकार समितिमा सांसदहरुले उठाएको प्रश्नको जवाफदिँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशन त्यही अनुसार प्राप्त भएको बताएका हुन्।

बिहिबार समितिमा उनले भने, ‘जति खर्च लागे पनि समयमा काम सक्नु भन्ने प्रधानमन्त्रीको निर्देशन छ । मैले पनि सचिवहरुलाई त्यही अनुसार निर्देशन दिएको छु। आयोजना प्रमुखहरुलाई चाँडै बोलाएर यहि भन्छु ।’

हुलाकी राजमार्ग समयमै सक्न टेण्डर गर्दै चार वर्षको राखेर टेण्डर गर्ने मन्त्री महासेठले बताए। अब हुलाकी राजमार्गमा बजेट अभाव नहुने विश्वास गर्दै मन्त्री महासेठले भने, ‘किमाथाङ्काको कुरा उठेको छ, यसलाई राष्ट्रिय गौरवको रुपमा लिइएको र प्रधानमन्त्रीको चाइना भ्रमणका बेला बेनि, जोमसोम कोरला नाका जोड्ने सडक र कर्णाली करिडोरलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउँछौं ।’

प्राथमिकताका साथ अगाडि बढाउन चाइना सरकारसँग समझदारी पनि गरिसकेको बताए । उत्तर दक्षिणको सडकको काम सुरुमा ढिलो भए पनि पोखरा–जोमसोम दुई वर्ष भित्रमा सम्पन्न गर्ने योजना बनाएको र अहिले पनि धमाधम काम भइरहेको बताए।

झापाको बाहुनडाँगीदेखि डढेलधुराको घुमपालसम्मको १२ सय किलोमिटरको मदन भण्डारी लोकमार्ग पनि चार वर्षभीत्रमा जसरी पनि सक्ने मन्त्री महासेठले दाबी गरे ।

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्