लागूऔषधसहित एकजना पक्राउ

पोखरा – पोखरा महानगरपालिका–१० अमरसिंह चोकबाट एक व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन्।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देवकोटा चोक बस्ने वर्ष २६ का राजन मौर्यलाई अवैध लागूऔषधसहित वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलिले पक्राउ गरेको हो।

प्रहरीले शंका लागि चेकजाँच गर्दा निजले बोकेको कालो झोला भित्र सिलप्याक गरी ल्याएको डाइजेपाम ६० थान, नुर्फिन ६० थान र फनरागन ६० थान गरी जम्मा १८० थान लागूऔषध बरामद गरेको, प्रहरीले जनाएको छ।

घटनाका विषयमा प्ररहीले थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले जानाकारी दिएका हुन्।

मंसिर २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्