किन संकलन गरियो बेगनास तालमा ज्यान गुमाएकाहरुको तथ्याङ्क?

लेखनाथ – पोखराको बेगनास तालमा विभिन्न समयमा दुर्घटनामा परि ज्यान गुमाएका व्यक्तिहरुको तथ्यांक संकलन गरिएको छ ।

बेगनास तालमा यहि मंसिर २२ गते देखि हुन लागेको श्रीमद भागवत विराट ज्ञान महायज्ञ २०७५ को तयारी स्वरुप उक्त तथ्यांक संकलन गरिएको हो ।

मृतकहरुको सम्झना तथा उनीहरुको आत्माको चीरशान्तिको कामना गर्नु पनि महायज्ञको उद्देश्य भएकोले अहिलेसम्मका मृतकहरुको तथ्यांक संकलन गरिएको महायज्ञ मूल आयोजक समितिका महासचिव ध्रुबनाथ अधिकारीले जनाए ।

यसका लागि स्थानीय समाजसेवी ढकनाथ कँडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । समितिमा स्थानीय समाजसेवी दिननाथ ढकाल र बेगनास युवाक्लवका अध्यक्ष राम बहादुर रानाभाट सदस्य रहेका छन् ।

समितिले बेगनासतालमा अकालमा ज्यान गुमाएका १ सय ८ जना व्यक्तिहरुको नामावली तयार गरेको छ । इलाका प्रशासन, जिल्ला प्रशासन र स्थानीयवासीसँगको सोधपुछका अधारमा उक्त तथ्यांक तयार गरिएको हो ।

बेगनासताल शयरका क्रममा दुर्घटनामा परेका वा बेगनास तालमा विभिन्न कारणवश ज्यान गुमाएका व्यक्तिहरु उक्त तथ्यांकमा समावेश छन् । उनीहरुका परिवारका सदस्यहरुलाइ महायज्ञ अवधिभर कर्ताका रुपमा राखिने आयोजकले जनाएको छ ।

श्रीमद भागवत विराट ज्ञान महायज्ञ २०७५ को तयारी पूरा भएको आयोजकले जनाएको छ ।

मंसिर २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्