प्रेमिकाको हत्या गरेर साधु बनेका व्यक्ति पाँच वर्षपछि भागवत सुनाउँदै गर्दा पक्राउ

भारतको मध्य प्रदेशको छतरपुरमा प्रहरीले भागवत कथा सुनाइरहेका एक साधुलाई प्रेमिकाको हत्या गरेको आरोपमा पक्राउ गरेका छन् ।

उनी पाँच वर्षअघि आफ्नी प्रेमीकाको हत्या गरेर साधुको भेषमा लुकिरहेका थिए । प्रहरीका अनुसार १८ अक्टूबर २०१३ मा भिलाईको रामनगरमा एक युवतीको शव भेटिएको थियो । उनी रीता साहू रहेको खुलेको थियो । मृतकका प्रेमी सुशील दूबे घटनापछि फरार थिए ।

आरोपी सुशीलले उक्त हत्या आफूले गरेको स्वीकार गरेका छन् । ‘म रीतालाई धेरै माया गर्थे तर उनीले कुनै अर्का युवकसँग शारीरिक सम्बन्ध राख्ने गरेकी थिइन् मैले पटक पटक सम्झाउँदा समेत नमानेपछि हत्या गरेको हुँ,’ उनले प्रहरीसँगको बयानमा भनेका छन् ।

हत्यापछि आरोपी सुशील ‘साधु’ बनेर प्रयागराजमा हनुमान दास महाराजका नामले कथा-भागवत सुनाउन थालेका थिए । पाँचवर्षसम्म प्रहरीले उनको बारेमा कुनै सुराक पाउन सकेको थिएन ।

तर पाँचवर्षपछि अहिले आएर उनको हातमा हत्या भएकी रीताको नामको ट्याटु देखेर प्रहरीले अनुसन्धानमा सफलता पाएको हो ।

मंसिर २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्