सामाजिक सुरक्षा कोष कार्यान्वयनको चरणमा, झण्डै दुई सय रोजगारदाता सूचिकरणको प्रक्रियामा

ग्राफिक्सः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ।

काठमाडौं– ब्यापक प्रचारकाबिच घोषणा गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यन्वयनको चरणमा गएको छ । घोषणा भएको एक हप्तामै झण्डै दुई सय रोजगारदाता सूचिकरणको प्रक्रियामा सामेल हुन आवेदन दिएका छन्।

गत मंसिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ योजनाको घोषणा गरेका थिए। कार्तिक २६ गते नेपाल राजपत्रमा सूचिकरण हुन सूचना प्रकाशित गरी योजनामा सूचिकरणका लागि प्रदेशगत समयतालिका सार्वजनिक भएको थियो।

मंसिर २० गतेसम्ममा १९४ रोजगारदाता सूचिकरण प्रकृयामा सामेल भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। सूचिकरण कार्यलाई सहज र सरल बनाउन अनलाईन पद्धति अपनाईएको र यसले रोजगारदातालाई सहज हुने मन्त्रालयको विश्वास छ।

रोजगारदाताले आफू दर्ता भएको तीन महिनाभित्र आफ्नो प्रतिष्ठान वा संस्थामा कार्यरत श्रमिक तथा कर्मचारीको सूचिकरण गरिसक्नुपर्ने छ। मन्त्रालयले सबै रोजगारदातालाई आफू सूचिकरणमा सामेल भई आफ्ना कर्मचारीलाई पनि सूचिकरण गराएर कार्यक्रम सफल बनाउन मन्त्रालयले रोजगारदातालाई आग्रह पनि गरेको छ।

यी हुन् सूचिकरण प्रक्रियामा सामेल भएका १९४ रोजगारदाता


मंसिर २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्