सिक्टा सिंचाइ आयोजनामा भ्रष्टाचार

पूर्वमन्त्री पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री एवं कालिका कन्ट्रक्सनका अध्यक्ष विक्रम पाण्डेविरुद्ध सिक्टा सिंचाइ आयोजना निर्माणका क्रममा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले शुक्रबार विशेष अदालतमामा पाण्डेसहित २१ जनाविरुद्ध सिंचाइ आयोजना निर्माणका क्रममा भ्रष्टाचार गरेको निष्कर्ष निकाल्दै मुद्दा दायर गरेको हो । पाण्डेबाट दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार बिगो दाबी गरेको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बाँके जिल्लामा निर्माणाधीन सिक्टा आयोजना निर्माणकै क्रममा मूलनहर भत्किएको, डिजाइन नै त्रुटीर्पण ढंगले गरेको, आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेण्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको र परीक्षणका क्रममा नहर भत्किसकेकोमा पुनःपरीक्षण समेत नगरी निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको अभियोगमा तत्कालीन चारजना आयोजना प्रमुखसहितका कर्मचारीविरुद्ध मुद्दा दर्ता गरिएको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

आयोजना निर्माणका क्रममा सर्वदेवप्रसाद, सरोजचन्द्र पण्डित, दिलिपबहादुर कार्की र रमेश बस्नेत प्रमुख भएका थिए । सर्वदेवबाहेक अरु तीनजना सँग आयोगले बिगोसमेत दाबी गरेको छ ।

प्रवक्ता दंगालका अनुसार पण्डितसँग ५९ करोड, ३४ लाख, ५२ हजार, कार्कीसँग एक अर्ब ५६ करोड, ८२ लाख ८३ हजार र बस्नेतसँग २ अर्ब १३ करोड, ७६ लाख ७९ हजार बिगो दाबी गरिएको छ ।

२०६३ सालदेखि निर्माण थालिएको आयोजना आर्थिक वर्ष २०७६/७७ मा सकिने र लागत २५ अर्ब पुग्ने संभावना भए पनि ५० प्रतिशत काम नसकिँदै परीक्षणका क्रममा आयोजना भत्किएको थियो । ४५ किमी मूल नहरमध्ये ३५ किमी खण्ड गत वर्ष सम्पन्न भएको थियो । बाँकी निर्माणाधीन अवस्थामा छ ।

को को विरुद्ध दर्ता भयो मुद्दा ?

मंसिर २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्