‘अन्तः शुल्क छपाइमा नेपाली कम्पनीलाई पनि सहभागी गराउनु’

फाइल तस्बिर

काठमाडौं – संसदको सार्वजनिक लेखा समितिले अन्तःशुल्क स्टिकर छपाइ प्रतिस्पर्धामा स्वदेशी कम्पनीलाई पनि सहभागी गराउन निर्देशन दिएको छ।

शुक्रबार अर्थ सचिव शिशिर ढुंगाना, आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपाल लगायतसँग छलफल गर्दै समितिले स्वदेशी कम्पनीले पनि प्रतिस्पर्धा गर्न पाउनेगरी नीतिगत व्यवस्था गर्न अर्थ मन्त्रालय र राजस्व विभागलाई निर्देशन दिएको हो।

इन्टाग्राफ नामक विदेश कम्पनीले मात्र छपाइको ठेक्का पाउँदै आएको भन्दै नेपाली उद्योगी व्यवसायीले समिति समक्ष उजुरी दिएका थिए। मदिरा, सुर्तीजन्य पदार्थलगायका उत्पादनमा अन्तःशुल्क स्टिकर अनिवार्य टास्नुपर्ने व्यवस्था छ।

विदेशी कम्पनीलाई अन्तशुल्क छपाइको जिम्मा दिँदा वार्षिक डेढ अर्ब रुपैयाँ बाहिरिदै आएको थियो।

मंसिर २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्