सत्तारुढ नेकपाविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामलाई निर्वाचन आयोगले आधिकारिकता दिएको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

अध्यक्ष कट्टेलले एउटै नाममा अर्को दल दर्ता गरेको भन्दै सर्वोच्चमा आज दायर गरेको निवेदनमा आफूले पहिला दल दर्ता गरेको र कोष्टमा नेकपा नै उल्लेख रहेकाले अर्को पार्टीको दल दर्ता कानून विपरीत भएको उल्लेख छ।

आयोगले गत असोज ९ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकतापछि बनेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई वैधानिकता दिएको थियो। निवदेनमाथि यही मङ्सिर २४ गते पेशी तोकिएको छ।

मंसिर २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्