घुम्ती पसलभित्रै पस्यो गुडिरहेको माइक्रो बस

दाङ – पूर्व पश्चिम राजमार्गस्थित राप्ती गाउँपालिका वडा नम्बर–५ सिसहनिया बजारमा बिहान माइक्रोबस (हायस) दुर्घटनामा परेको छ। बसमा १४ जना यात्रु सवार थिए।

दुर्घटनामा कसैलाई पनि चोट नलागेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ। स्टेरिङ फेल हुँदा माइक्रोबस कमलरोडमा रहेको घुम्ती पसलमा ढोक्किन पुगेको थियो। बा३ख ८५९३ नम्बरको माइक्रोबस दुर्घटनामा परेको हो।

मंसिर २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्