फेरि घट्यो काठमाडौँको तापक्रम, जाडो बढ्ने क्रममा

काठमाडौँ – काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम दिनप्रतिदिन घट्दो क्रममा रहेको छ । शुक्रबार ५.५ डिग्री सेल्सियसमा झरेको तापक्रम शनिबार झनै ओरालो लागेर ५.२ डिग्री सेल्सियस मापन भएको र यो यस वर्षको अहिलेसम्मकै न्यूनतम तापक्रम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

शनिबार बिहान ६ बजेको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस मापन भएकोमो त्यो अझै घट्दो क्रममा रहेको मौसमविद विभूति पोखरेलले बताइन् ।

उनले बिहान न्यूनतम तापक्रम घट्दो क्रममा रहेपनि दिउँसो भने आकाश खुल्ने र घाम लाग्ने बताइन् ।

काठमाडौँमा शुक्रबार अधिकतम तापक्रम १९.५ डिग्री सेल्सियस मापन भएकोमा शनिबार पनि त्यसकै आसपासमा अधिकतम तापक्रम रहने अनुमान गरिएको मौसमविद पोखरेलले बताइन् ।

शनिबार देशका पहाडी भूभागमा आंशिक बदली, उच्च पहाडी भूभागमा सामान्य हिमपातको सम्भावना रहेको अन्य भूभागमा सामान्यतया मौसम सफा रहने उनले जानकारी दिइन् ।

शनिबार राति भने मौसम सफा रहने छ । मौसमविद पोखरेलले राती मौसम सफा भएमा दोस्रो दिन चिसो बढी महसुुस हुने बताइन् ।

मंसिर २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्